थप ७२२ जनामा काेराेना सङ्क्रमण, ९६६ जना डिस्चार्ज
काठमाण्डाै – गएको २४ घण्टामा नाै सय ६६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या दुई लाख ४५ हजार सात सय नाै पुगेको छ ।
यस्तै गएको २४ घण्टामा सात हजार जनाकाे पीसीआर परीक्षण गरिएकाेमा सात सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ सय ९८ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय २९ रहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


