ओलीलाई प्रचण्ड–नेपालको जवाफ : ‘कोठे बैठकको होइन, दुई तिहाइ सदस्यको शक्ति हेर्नुहोस्’

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूसँग हरेक कमिटीमा दुई तिहाइ बहुमत रहेको दाबी गरेका छन् । 

बबरमहलको एक पार्टी प्यालेसमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकमा तीन सय १० जना केन्द्रीय कमिटी सदस्यले हस्ताक्षर गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले बालुवाटारको कोठे बैठकबाट बाहिर निस्किएर दुई तिहाइ सदस्यको कुरा सुन्न आग्रह गर्नुभएको छ । 

‘बालुवाटारमा सानो झुण्डको बैठक बसेर कमिटीमा मान्छेहरु थपियो भन्ने सुनेको छु, दुई तिहाइ सदस्यलाई बाहिर राखेर कसरी सदस्य थपियो, कम्तीमा बाहिरको माहोल त बुझ्नुपर्थ्याे नि !’, बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो । सचिवालय, स्थायी कमिटी र केन्द्रीय समितिमा दुई तिहाइ सदस्यले भनेको कुरा नसुनेर ओलीमा निरङ्कुश बन्ने सपना पलाएको र त्यसैका परिणामस्वरुप संसद् विघटन गरेको बताउनुभयो । 

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा बसेर गैरकानुनी निर्णय गर्ने बानी परेका ओलीलाई पटक–पटक सच्चिन आग्रह गरे पनि नटेरेकाले पार्टीले कारबाही गरेको बताउनुभयो । उहाँले कुनै पनि हालतमा संसद् ब्यूँताएरै छाड्ने समेत जिकिर गर्नुभएको छ ।

यसअघि बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । अध्यक्ष, महासचिव र माइन्युट आफूहरूसँगै रहेकाले प्रचण्ड–नेपाल समूहका कुनै पनि निर्णय नेकपाले नचिन्ने ओली पक्षका नेता प्रदीप ज्ञवालीले बताइसक्नुभएको छ ।  

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP