जसपाद्वारा ५ दिने आन्दोलन घोषणा
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध ५ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले देशव्यापी प्रदर्शनदेखि मसाल जुलुससम्मका कार्यक्रम घोषणा गरेको छ ।
समितिका सदस्य केशव झाका अनुसार पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


