ओलीले प्रचण्डलाई कारबाही गर्ने हैसियत राख्दैनन् : मातृका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मातृकाप्रसाद यादवले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्ने हैसियत केपी शर्मा ओलीसँग नभएको बताएका छन् । बाह्रखरीसँग कुराकानी गर्दै यादवले भने, “कारबाही बहुमतले गर्ने हो । आत्मसन्तुष्टिका लागि जे गरे पनि हुन्छ ।”

प्रचण्डलाई पार्टीले अनुशासनको कारबाही गरेको पत्र पहिल्यै निर्वाचन आयोगलाई जानकारी गराइएको दाबी गरिएको बताइएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहका एक केन्द्रीय सदस्यका अनुसार आयोगमा प्रचण्डलाई अनुशासनको कारबाही गरेको पत्र पहिल्यै पठाइसकिएको छ ।

नेता यादवले नेकपा विभाजन नहुने र ओली समूहलाई मन नपरे पार्टी छाडेर जानसक्ने पनि बताए । तर ओली सुर्धिएर आएमा भने पार्टीले स्वीकार गर्ने उनले बताए । यादवले भने, “हामी पार्टी फुटाउदैनौं । बहुमत पक्षले किन पार्टी फुटाउने ।”

पूर्वमन्त्रीसमेत रहेका नेता यादवले ओलीले चालेको कदमको पार्टीले विरोध गर्ने बताए । मान्छे नमरीकन मर्‍यो भन्‍ने नक्कली कागज बनाएर सम्पत्ति हड्पेजस्तै संसद् विघटन गरे पनि संसद् जीवितै रहेको यादवको तर्क छ । 

TOP