फिफाका पूर्व अध्यक्ष ब्लाटरमाथि फेरि भ्रष्टाचारको आरोप
काठमाण्डाै – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । जसका कारण उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ ।
स्विट्जरल्याण्डको जुरीचमा फिफा म्यूजियम बनाउने बेलामा उनले मोटो रकम भ्रष्टाचार गरेको ठहर गरेको छ । त्याे म्यूजियम बनाउने बेलामा ब्लाटरसहित अरु फिफा पदाधिकारीको संलग्नता रहेको बताइएको छ । ब्लाटर सन् २०१५ मा भ्रष्टाचारको आरोपका कारण पदबाट राजिनामा दिनुपरेको थियो । त्यो बेला विश्वकपको आयोजक देशको निर्णय गर्दा रकम लिएको भनिएको थियो ।
८४ वर्षे ब्लाटर अध्यक्ष रहेका बेला चार सय २० मिलियन पाउण्ड खर्च गरेर म्यूजियम बनाइएको थियो । सन् २०१३ मा यो प्रोजेक्ट सुरु भएर दुई वर्षमा सकिएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


