रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु
रसुवा – रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सुरु भएको हो ।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम थालेको हो ।
मैलुङ-स्याफ्रु सडकखण्डमा १२ वटा पुल निर्माण हुनेछ । जसमा ४ वटा पुलको निर्माण कार्य सुरु भएको छ । बाँकी ८ वटाको डिजाइन सर्वेको काम भइरहेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । ‘हामीले सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी कामअघि बढाइरहेका छौं’उहाँले भन्नुभयो,‘यसका लागि ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने तथा अनुगमन गर्ने काम भइरहेको छ ।’
मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ जेठ ६ गते मैलुङ स्याफ्रु सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो । यो सडक बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।
बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


