पहिलो पारीमा अष्ट्रेलिया १ सय ९५ रनमा अलआउट

काठमाण्डाै – भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १ सय ९५ रनमा अलआउट भएको छ ।

मेलबर्नमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै १ सय ९५ रनमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि मार्नुस लबुसेनले सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै ट्रेभिस हेडले ३८, म्याथु वाडेले ३० र नाथन लियोनले २० रन बनाए । स्टिभ स्मिथ र जोय बन्सले खाता पनि खोल्न सकेनन् ।

भारतका जसप्रित बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले १ र रविन्द्र जडेजाले १ विकेट लिए । आजै आफ्नो पहिलो पारीको ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिँदासम्म १ विकेट गुमाएर ३६ रन बनाएको छ । टेष्टमा डेब्यु गरेका शुभमन गिल २८ रनमा नटआउट छन् ।

मयंक अग्रवाल खाता नै नखोलेर आउट भए । चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ । विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन् ।

ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् । विकेट किपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन् ।

पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अलआउट हुँदै भारतले आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम रनको खराब रेकर्ड बनाएको थियो । भारतले यसअघि एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेलिसकेको छ । अष्ट्रेलियाले २–१ एक दिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी शृङ्खला जितेको थियो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP