संसद बिघटन बिरुद्ध काग्रेसको चन्द्रौटा बिरोध सभा (फोटो फिचर)
कृष्ण गैरे
कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको व्यक्तिगत स्वार्थको लागि संसद बिघटन गरेको आरोप लगाउनुभएको छ । नेपाली काग्रेसको केन्द्रय कार्यक्रम अन्तर्गत कपिलवस्तुको क्षेत्र न ३ अन्तर्गत चन्द्रौटामा भएको बिरोध सभालाई सम्बोधन गर्दै अबको सरकार नेपाली काग्रेसको हुने दावी गर्नुभयो ।

प्रधानमन्त्रीको मानसिक सन्तुलत ठिक नभएको टिप्पणी गर्दै सनकका आधारमा निर्णय गर्ने गरेको बताउनुभयो । जनताले दिएको मतलाई दुरुपयोग गरी मुलुकमा अस्थिरता निम्त्याउन खाजेको जनाउनुभयो । सांसद शाहले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम प्रती नेपाली काग्रेसले कडा आन्दोलन गर्ने बताउनुभयो । लम्बिनि प्रदेशका संसदिय दलका नेता बिरेन्द्र कनोडियाले जनताको भावना विपरित काम गर्ने अधिकार कसैलाई नरहेको बताउनुभयो । उँहाले जनताले दिएको जनदेशलाई वर्तमान सरकारले सम्हाल्न नसकेका कारण संसद र संविधानमाथि प्रहार गरेको पनि आरोप लगाउनुभयो । सरकारले जनभावना विपरित संसदमाथि प्रहार गरेको भन्दै अहिलेको समय निर्वाचन र संविधान माथिको प्रहार सैहिय नभएको बताउनुभयो ।

नेपाली काग्रेका जिल्ला सचिव प्रेम बहादुर रायमाझीले कम्युनिष्ट सरकारले नेपाली जनतालाई धोका दिएको बताउनुभयो । उहाँले जनताले बहुमत दिएपनि त्यसको सदुपयोग नगरेर घर झगडामा केन्द्रित रहेको बताउनुभयो । युवा नेता अजय थापाले अबको विकल्प नेपाली काग्रेस रहेको बताउनुभयो । संसद बिघटन गर्नु भनेको संविधानको अबमुल्यन गरेको जनाउनुभयो । काग्रेसका नेता हुमाकान्त खनालले नेकपा सरकार स्थानिय तह देखि केन्द्र सरकार सम्म भष्ट्रचारमा लिप्त रहेको आरोप लगाउनुभयो । जनताको भावना विपरित गैरसविधानीक कदमको सधै बिरोध रहने बताउनुभयो ।

बिरोध र्याली पछि चन्द्रौटा चोकमा भएको कोण सभामा काग्रेका नेता ब्रमानन्द उपाध्याय,उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेद अली,नगर सभापती मधु पोख्रेल,महिला संघकी रुपा सुनार, तरुण दलका सचिव अमर पौडेल,मेघराज रेग्मी लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापती अकिल मियाँको सभापतित्व र सचिव कमल केसीको संचालनमा सम्पन्न भएको हो ।

-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


