सामाजिक सुरक्षालाई व्यवस्थित गर्दैछौ: नगर प्रमुख कलाम
कपिलवस्तु –
कपिलवस्तुको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता व्यवस्थित गर्दै लगेको बताउनु भएको छ । नगर प्रमुख कलामले सामाजिक सुरक्षा भत्ताबाट नगरका कोही पनि बन्चीत हुन नदिका लागि अनलाइन घटना दर्ता तथा बैंकबाट भुक्तानी प्रक्रीया अघी बढाएको बताउनु भयो ।
सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्ता प्रणाली सुद्धीकरण आयोजना सम्बन्धी २ दिने तालिमलाई सम्बोधन गर्दै नगर प्रमुख कलामले समाजिक सुरक्षा वितरण प्रणाली सहज गर्नु पर्ने बताउनु भएको छ ।
त्यस्तै उक्त कार्यक्रममा महाराजगंज नगरपालिको उप प्रमुख शुभावती कुर्मीले सामाजिक सुरक्षा समयमा वितरण भैरहेको जानकारी दिनुभयो । उहाँले सबै जनप्रतिनिधीले सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्तालाई सहज बनाउनु पर्नेमय जोड दिनु भयो ।
महाराजगंज नगरपालिकाले वडा नं ४ बरईपुर र वडा नं ७ कुशाहवाको समाजिक बैंकबाट भुक्तान हुने व्यवस्थापन गरिएको महाराजगंज नगरपालिकाका एमआईएस अपरेटर बृजेश यादवले जानकारी दिनुभयो । तालिममा सबै वडाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो । मंगलबार देखी सुरु भएको तयमि आज समापन भएको छ ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


