वन उपभोक्ताहरुद्धारा आज कपिलवस्तुमा यातायात बन्द

कपिलवस्तुमा वन उपभोक्ताहरुले आज यातायत बन्द गर्दै छन् । वैज्ञानिक बन व्यवस्थापन सञ्जालले कपिलवस्तुमा यातायात बन्द आहुवान गरेको कपिलवस्तु साझेदारी बन व्यस्थापन समितिका अध्यक्ष गंगेश तिवारीले बताउनु भयो ।

विभिन्न वन संग बआवद्ध वनका संघसंस्थाले यस अभि कपिलवस्तुको चन्द्रौटा डिभिजन वन कार्यालय घेराउ समेत गरिसकेका छन् भने सरकारलार्ई थप दबाब दिन आजको लागि कपिलवस्तु बन्द आह्वान गरिएको संजालकी अध्यक्ष रेणु सेनले जानकारी दिनु भयो ।वन सबैको भएको हुनाले बन्द सफल बनाउन सघाउन पनि उहाँको सबैलाई आग्रह छ । बन्दको प्रभाव विहान खासै नदेखिए पनि दिउँसो प्रभावकारी बन्ने सामुदायिक बन महासंघका प्रदेश सदस्य रामबहादुर के.सी.ले बताउनु भयो ।

TOP