राष्ट्रिय सभा अधिवेशनः प्रतिनिधि सभा विघटनप्रति चिन्ता
काठमाडौं, प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको अन्तर्विरोधका कारण जनप्रतिनिधिमूलक संस्था विघटन हुनु गलत भएको भन्दै आलोचना पनि भएको छ ।
अधिवेशन सुरु भएको अवसरमा मन्तव्यका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता दीननाथ शर्माले पार्टीको अन्तर्विरोधका कारण प्रतिनिधि सभा विघटन हुनु दुःखद भएको बताए । पार्टीको किचलोको छायाँ सदनमा पर्नु दुःखद भएको पनि उनको भनाइ छ । उनले हालको पार्टी विभाजनको अवस्था कुनै पनि सिद्धान्त र वैचारिक कारण नभएको पनि बताए ।
उनले भने, ‘‘पार्टी विभाजन सिद्धान्त, विचार वा दर्शनका आधारमा हुन गइरहेको छैन । केवल राजनीतिक कारणले मात्र विभाजन हुन गइरहेको छ । हिजो विभाजन विचार, दर्शन र सिद्धान्तका कारणले हुन्थे । सामान्य स्वार्थका कारण विभाजन भएका थिएनन् । कार्यनीति र रणनीति तथा सैद्धान्तिक र वैचारिक आधारमा भएका थिए । यो पटकको विभाजन राजनीतिक कारणले मात्र भएको छ ।’’
पार्टी विभाजनले सम्पूर्ण नेता कार्यकर्ता कसैको पनि पार्टी विभाजनले उदासीनता थपेको शर्माको भनाइ छ । राष्ट्रिय सभाको गरिमा र गौरवलाई ध्यानमा राखेर विघटनको विषय पनि उठान हुने उनको भनाइ छ ।गोरखापत्र दैनिकबाट
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


