साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटायो
काठमाण्डाै – साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
कुबेतका विदेशमन्त्री अहमद नासेर अल सबाबले साउदी अरेबियाले कतारसँगको हवाई, जमिन तथा समुद्री सीमानाका खुलाउने सहमति बनेको जानकारी दिनु भएको हो । एक टेलिभिजनमा कुराकानीका क्रममा उहाँले कतारमाथि लागेको प्रतिबन्ध हटाउन साउदी अरेबिया तयार भएको बताउनु भएको हो ।
कतारले आतंकवादलाई प्रश्रय दिएको भन्दै साउदी अरेबियासहित चार देशले कतारसँगको सम्बन्धविच्छेद गरेकोमा साउदी अरेबियाले सबै सीमानाका खुलाएको कुबेतका विदेशमन्त्रीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गल्फ कोअपरेशन काउन्सिल (जीसीसी)को सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरेबियाले यो निर्णय गरेको र यसलाई अर्थपूर्णरुपमा लिएको गल्फ न्यूजले जनाएको छ । सन् २०१७ जुनदेखि साउदी अरेबियासहित, यूएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापार र यातायात सम्पर्कबिच्छेद गरेका थिए । कतारले इरानसँग सम्बन्ध राखेर आतंकवादलाई बढवा दिएको आरोप थियो । कतारले भने यो आरोपको खण्डन गर्दै आएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


