२०२१ मा चीनको आर्थिक वृद्धिदर ७.९ प्रतिशत हुने आइएमएफकाे प्रक्षेपण
काठमाण्डाै – यस वर्ष चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले कोभिड-१९ को सङकटले ग्रस्त एक वर्षको महत्त्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि २०२१ को लागि चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको समाचार संस्था एफपीले जनाएको छ ।
आइएमएफले यसअघि यस वर्ष चीनको आर्थिक वृद्धिदर नौ दशमलव ८२ प्रतिशत रहने अनुमान गरेको थियो । कोरोना भाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र देश बनेको छ ।
विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भएर उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो ।
आइएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भए पनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको खबरमा उल्लेख छ । आईएमएफका अनुसार चिनियाँ अर्थव्यवस्थाले महामारीबाट आफ्नो छिटो पुनः प्राप्तिलाई निरन्तरता दिइरहेको छ । चीनले कोभिड–१९ महामारी नियन्त्रण प्रयास र संकटको प्रभावलाई छोटो समयमा कम गन नीतिगत कार्यहरूले सहयोग पुर्याएको छ ।
आइएमएफले २०२० को लागि तय गरेको विश्वको एक दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


