सप्तरीमा करेन्ट लागेर हात्ती मर्याे
सप्तरी – सप्तरीको खडक नगरपालिका–४ अमहामा आज बिहान करेन्ट लागेर एउटा हात्ती मरेकाे छ ।
दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउनका लागि बिछ्याइएको विद्युतीय तारमा विद्युत् प्रवाह भएर भाले हात्ती मरेकाले डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मरेकाे इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो । हात्तीको मरेकाे घटनाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर साफीले बताउनुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण त्यस क्षेत्रका बासिन्दा रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ । याे क्षेत्र मात्र नभएर जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतङ्क हुने गर्दछ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


