इन्डोनेशियामा ६२ जना यात्रु चढेको जहाज दुर्घटना, खाेजी सुरु
काठमाण्डाै – इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एउटा यात्रुवाहक विमान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको छ ।
श्रीविजया एयरको बोइङ–७३७ विमान वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै राडारबाट हराएको थियो । जहाजमा चालक दलका १२ जना र ५० जना यात्रु रहेका बीबीसीले जनाएको छ ।
जहाज विमानस्थलबाट २० किलोमिटर टाढा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले विमानकाे खाेजी भइरहेकाे बीबीसीले जनाएकाे छ । नेशनल सर्च एन्ड रेस्क्यु एजेन्सीका अधिकारी बामबैङ्ग सुर्याे अजीले दुर्घटना भएकाे सम्भावित क्षेत्रलाई आधार मान्दै खाेजी कार्यलाई तीव्र बनाइएकाे जानकारी गराउनु भएकाे छ । अजीले राजधानी जकार्ताकाे उत्तर पश्चिम दिशामा पर्ने लाकी र लानकेङ टापुकाे बीचमा विमान खसेकाे हुनसक्ने बताउनु भएकाे छ।

जहाज ठूलो वर्षाका कारण निर्धारित समयभन्दा आधा घन्टा ढिला उडेको थियो । इन्डोनेशियाको यातायात मन्त्रालयले भने खोजी र उद्धारमा कठिन भएको भन्दै आधिकारिक जवाफ दिएकाे छैन् । बीबीसीका अनुसार माछा मार्ने मानिसहरुले जहाज समुद्रमा झरेको देखेको बताएका छन् । जहाजका जस्ता टुक्राका तस्बिर र भिडियोहरु सार्वजनिक भइरहेको बताएको छ ।
सम्पर्कविहीन भएको जहाज बोइङ कम्पनीको २६ वर्ष पुरानो रहेको छ । इन्डाेनेशियामा यसअघि पनि दुई ठूला यात्रुवाहक विमान दुर्घटना भएका थिए । पछिल्लाे पटक सन् २०१८ काे अक्टाेवरमा इन्डाेनेशियन लायन एयरकाे विमान समुद्रमा दुर्घटना हुँदा १ सय ८९ जनाकाे ज्यान गएकाे थियाे ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


