उपभोक्ता ठग्ने ८० उद्योगलाई जरिवाना
पर्सा – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलबिजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसूची नराखेर उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे १९ लाख ८३ हजार रुपैयाँ असुली गरेको छ ।
यस कार्यालयले चालु आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेका १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारबाही गरी जरिवाना असुल गरिएको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।
यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेको वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकमा रहेकाे एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापा मारेर उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तामाङको नेतृत्वको टोलीले त्यस उद्योगमा छापा मार्दा उद्योगले अन्तर्राष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको ट्राउजर्स र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।
व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसूची नराखेर उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


