आगलागीमा परेर झापामा प्यारालाइसिसका बिरामीको ज्यान गयो

झापा – झापामा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।

हिजो बेलुका साढे सात बजे लागेको आगलागीका कारण दमक नगरपालिका वडा नम्बर ३ मा रहेको भुटानी शरणार्थी शिविरमा बस्ने ६० वर्षका देशमान राईको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बाँसले बारेको एक तले छाप्रोमा सुतिरहेका प्यारालाइसिसका बिरामी राईको जलेर घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । आगलागीका कारण तीन लाख रुपैयाँ बराबरकाे सुनचाँदी, ८ लाख रुपैयाँ बराबरकाे खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ ।

आगो स्थानीयबासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा झण्डै एक घण्टापछि निभाइएको थियाे । आगो लाग्नुको कारण खुलेको छैन ।

TOP