कोरोनाविरुद्धको खोप स्वीकृत
काठमाडौं, माघ ३ । नेपालले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागले ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगको लागि स–सर्त अनुमति दिने निर्णय गरेको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए ।
‘कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकास गरिएको खोप हो । भारतले पनि यो खोपलाई आपत्कालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । औषधि व्यवस्था विभागले दुई दिनअघि आपत्कालीन अनुमतिका लागि प्रयोग गरिने खोप दर्ताका लागि आह्वान गरेको थियो । पुस २० गते सरकारले खोप ल्याउनका लागि चारवटा ‘मोडालिटी’ बनाएको छ, महानिर्देशक भट्टराईले भने। महानिर्देशक भट्टराईले अब खोप ल्याउन बाटो खुलेको बताए।
सरकारले यसअघि नै पहिलो चरणमा एक करोड २० लाख मानिसलाई प्राथमिकताको आधारमा खोप दिनुपर्ने मापदण्ड बनाएको छ । त्यसमा स्वास्थ्यकर्मी, वृद्धवृद्धा, शिक्षक, सुरक्षाकर्मी पहिलो नम्बरमा पर्छन् । पहिलो चरणमा ३० प्रतिशतलाई खोप दिने सरकारी तयारी छ ।
महानिर्देशक भट्टराईले लामो समयपछिको प्रयास सफल भएको जानकारी दिए। भारतले शनिबारदेखि ‘कोभिसिल्ड’ खोप लगाउने सुरु गर्नेछ । पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । गोरखापत्र दैनिकबाट
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


