प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियाे, एस्टोन भिल्ला सिटीसँग पराजित
काठमाण्डाै – म्यानचेस्टर युनाइटेड पुनः इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।
म्यानचेस्टर युनाइटेडका लागि एडिन्सन काभानीले २१ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे । फुलह्यामका लुकम्यानल खेलको पाँचौँ मिनेटमा नै गोल गरे पनि टिमलाई जिताउन सकेनन् । जितपछि शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक भएको छ ।
फुलह्याम भने तालिकाको १८ औँ स्थानमा छ ।
यस्तै प्रिमियर लिग अन्तर्गत गएराति भएकाे अर्काे खेलमा एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । खेलमा म्यानचेस्टर सिटी २–० गोल अन्तरले विजयी भएको हो ।
म्यानचेस्टर सिटीका लागि बेरनार्डाे सिल्भाले खेलको ७९ औँ मिनेटमा र इल्केइ गुन्डोगानले ९० औँ मिनेटमा गोल गरे । जित म्यानचेस्टर सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


