तत्काल वर्षा नहुने, माघ महिनाभरिकै मौसम यस्तै रहने अनुमान
काठमाण्डाै – वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ ।
सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन् । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् । बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो महिनाभरिकै मौसम यस्तै रहने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
उहाँकाअनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उहाँले बताउनुभयो । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।
पानी परे आकाश खुल्ने र धुवाँ धुलो पनि हटेर जान्छ । आज हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसोपख सफा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । अहिले भने देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


