सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ
सर्लाही – सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका-८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । मिश्रलाई कविलासी नगरपालिका-१० चमेलीमाईबाट हतियारसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।
‘उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ । आवश्यक अनुसन्धान जारी छ’, प्रहरी उपरीक्षक राठौरले भन्नुभयो । छिमेकी देश भारतसँग खुला सिमाना रहेको प्रदेश नं २ का जिल्लामा आपराधिक गतिविधि गर्न पछिल्लो समय साना हतियार भित्रिने क्रम जारी रहेपछि प्रहरीले जिल्लाको सुरक्षा संयन्त्रलाई थप कडाइ गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


