विजयनगर गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न

विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको आठौँ गाउँसभा बुधवार सम्पन्न भएको छ । गाउँसभाले “शिक्षा, स्वास्थ्य, कृषि र पुर्वधारः विजयनगरको समृद्धि आधार” भन्ने मूल नाराका साथ गाउँसभा भव्यरुपमा भएको छ । आर्थिक बर्ष २०७७÷०७८ को ६ महिनासम्म भएको कामको समीक्षा तथा प्रगति विवरण पेश गरेको हो । योजना तथा कार्यक्रमहरुमा संसोधन, थपघट तथा केही नयाँ कार्यक्रमहरु समावेश गरिएको जनाइएको छ ।

यसरी गाउँसभाले आर्थिक वर्ष २०७७÷०७८ को नीति बजेट तथा कार्यक्रम अन्तर्गत आधुनिक कृषि प्रणालीको विकास र व्यवसायीकरण, गुणस्तरीय आधारभूत शिक्षाका प्रत्याभूति आधारभूत स्वास्थ्य सेवामाथि आम जनताको पहुँच सुनिश्चित गर्दै भौतिक पुर्वाधार युक्त रोजगारमुलक आत्मनिर्भरतातर्फ उन्मुख समृद्ध र समुन्नत गाउँपालिका निर्माण गर्ने लक्ष्य लिएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कृषि, स्वास्थ्य, शिक्षा र पुर्वधार विकासका क्षेत्रलाई प्राथमिकतामा राखी दीर्घकालिन सोँचकासाथ गाउँपालिकाले अगाडी बढिरहेको बताउनुभएको छ ।

कोरोना महामारीको विषम परिस्थितिमा पनि गाउँपालिकाले विकासका कार्यमा तीव्र गतिमा विकास भएको उहाँले बताउनुभयो । यस कोरोना महामारीकारण विजयनगर गाउँपालिकाका नागरिकले अकालमै ज्यान गुमाउन नपरेकाले गाउँपालिकाका लागि अहिलेसम्म सुखद परिस्थिति भएको बताउनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री सरल, सवल र पारदर्शी बनाई सुशासन प्रत्याभूत गर्ने बताउनुभयो । उहाँले विभिन्न रोजगारीका अवसरहरु सिर्जना गरी सबल आत्मनिर्भर गाउँपालिकाको विकास गर्ने कुरामा जोड दिनुभयो ।

आ.व.२०७७÷०७८ को प्रथम ६ महिनामा भएको खर्च अनुमोदन लगाएत कानुनहरुमा सहकारी ऐन २०७७ पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराई जानकारी दिनुभयो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP