भारतमा कोरोना निर्देशिकाको म्याद एक महिना थपियाे
काठमाण्डाै – भारतमा कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको निर्देशिका लागू हुने समयावधि फेरि लम्ब्याइएको छ ।
भारतीय केन्द्रीय सरकारले निर्देशिका कार्यान्वयनको अवधि कम्तीमा एक महिना थपिएको घोषणा गरेको हो ।
हरेक नागरिकले घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नु पर्ने वा निरन्तर साबुन पानीले हात धुनुपर्नेलगायत नियम कडाइकासाथ पालना गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
यसअघि यो निर्देशिका यही जनवरीको अन्त्यसम्मका लागि लागू गर्ने निर्णय भएकामा अहिले लम्ब्याएर आउँदो फेब्रुअरी २८ तारिखसम्म लागू गर्ने निर्णय भएको हो ।
भारतमा पछिल्ला केही महिनादेखि कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या घट्दै गए पनि सरकारले निर्देशिकालाई कडाइकासाथ लागू गर्ने निर्णय गरेको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका र नयाँ थपिने सङ्क्रमितहरूको सङ्ख्यामा पहिलाभन्दा धेरै कमी आएको छ ।
भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ४९८ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोनाका कारण भारतमा अहिलेसम्म एक लाख ५३ हजार ७२४ जनाको ज्यान गएकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


