महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासङ्घको भर्त्सना
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले भर्त्सना गरेको छ ।
बुटवलमा बुधबार (हिजो) भएको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याउनुभएको थियो ।
पत्रकारले समाचार लेखेका कारण मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ ।
पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने घटनाको महासङ्घले कडा शब्दमा भत्र्सना गरेको छ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न तथा यस्ता कार्य नदोहोर्याउन पनि महासङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


