महिला पुजारी हुन मिल्दैन भने पनि प्रयास जारी राखे : सहनशीला शर्मा झा
काठमाण्डौ – काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक पुजारीमा महिला नियुक्त भएका छन् ।
मन्दिरको पुजारीमा सहनशीला शर्मा झा नियुक्त हुनु भएको हो । पहिलो पटक पुजारीमा नियुक्त भएपछि उहाँले यो पदमा नियुक्त हुँदा आफूलाई गर्व लागेको बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने नियम गुठी संस्थानमा रहेन छ तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिलालाई पुजारी बनाउन मिल्दैन भन्ने जवाफ पाए । तर, पनि प्रयास गरिरहे र आज नियुक्ति पत्र पाए ।’
उहाँले पुर्खाले गर्दै आएको पूजाआजा परम्परामा सधैं छोरालाई मात्र अधिकार दिनेमा अहिले आफूले यो परम्परालाई समेत तोड्न सकेको बताउनु भएको छ ।
‘मेरो पुर्खा पक्कै पनि खुशी छन् होला’ उहाँले भन्नु भएको छ । गुठी संस्थान काठमाण्डौ शाखाले हिजो काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई नियुक्त गरेको हो ।
शर्मालाई १ वर्षको परीक्षणकाल हुनेगरी बढीमा ५ वर्षको लागि पुजारीमा नियुक्त गरेको संस्थानले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


