नेकपाको ओली समूह दुई कानुनविद्सहित निर्वाचन आयोगमा उपस्थित हुने, प्रचण्ड-नेपाल समूह छलफलमा
काठमाण्डाै – निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई छलफलका लागि बोलाएको छ ।
चुनावको प्रयोजनबारे छलफलका लागि दुवै पक्षलाई बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई आयोगले बोलाएको हो । तर छलफलमा दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् ।
आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको ओली समूहले जनाएको छ।
ओली समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद् र अरु नेताहरुसहित ७ जना छलफलमा सहभागी हुने तयारी छ ।
यस्तै आयोगको आग्रहअनुसार आफ्नो समूहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरु सहभागी हुने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
ओली समूहले कानुनविद्हरुसहित सहभागी हुने बताइएकाले कसरी सहभागी हुने भन्नेबारे अहिले आफूहरु छलफलमा रहेको नेता पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो।
आउँदो वैशाख १७ र २७ गते मध्यावधिक चुनावको मिति तय गर्दै प्रतिनिधिसभा विघटन भएपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । दुवै समूहले नेकपाको आधिकारिकता आफ्नो पक्षको भएको दाबी गर्दै आएका छन् ।
आयोगले भने पार्टी विभाजन हुन नसक्ने र अहिले पनि नेकपाका दुवैजना अध्यक्ष रहेको स्पष्ट पारेको छ । दुई समूहमा विभाजन भएपछिका निर्णयहरुलाई आयोगले मान्यता दिन अस्वीकार गरेको छ ।
दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन सकिरहेको छैन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


