नगद भुक्तानीमा कपिलवस्तुकाे उखु परासी चिनी मिलले खरिद गर्दै

कपिलवस्तु
कपिलवस्तुमा रहेकाे महालक्ष्मी सुगर मिल बन्द भए पछि कपिलवस्तुका उखु किसानहरू चिन्तित थिए र क्रेसरलाई कम मुल्यमा उखु विक्री गरि रहेका थिए । अब कम मुल्यमा उखु विक्री नगर्न तथा उखुकाे सहि र नगद भुक्तानी हुने गरि शिवराज नगरपालिका ७ निविहवा चाैकमा लुम्बिनी चिनी मिल नवलपरासीले अफ्नाे उखु खरिद केन्द्र रखेकाे छ । 
किसानहरूलाई उखुकाे सहि मुल्य तथा नगद भुक्तानी हुने गरि साे खारिद केन्द्र राखिएकाे शिवराज नगरपालिका ७ का वडाध्यक्ष अनुप चाैधरीले जनाएका छन । १ कुन्टलमा १ प्रतिशत जराे कटने र ५००.२८ रूपैया तुरून्त भुक्तानी दिने वडाध्यक्ष चाैधरीले जनाएका छन । 

TOP