लाइसेन्सकाे परीक्षा लिन सुरु गरिएको अनलाइन आवेदन प्रणालीमा पनि समस्या
काठमाण्डाै – चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा समस्या देखिएको छ ।
आवेदकले अनलाइनमार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताउनुभयो । यस्तै अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उहाँको भनाइ छ ।
अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभागको आइटी डाइरेक्टरसमेत रहनुभएका वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताउनुहुन्छ ।
अनलाइन प्रणालीमार्फत आवेदन दिन लगाएर मात्रै नहुने भन्दै उहाँले बेलाबेला विभिन्न समस्याहरु आइरहने गरेको बताउनुभयो । उहाँकाअनुसार अहिले अनलाइन प्रणालीमा देखिएका समस्याको समाधान गर्ने काम भइरहेको छ ।
यस्तै एउटा डिभाइसबाट एकजनाले मात्रै अनलाइन आवेदन भर्न सकिने भएको छ । विचौलियाहरुको धेरैे चलखेल गर्न नपाओस् भनेर यस्तो गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


