कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने
काठमाण्डौ – कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयावधि थप गरिएको छ ।
कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो ।
कानूनी वैधता कायम गर्न वा कुवेत छोडी स्वदेश फिर्ता जान ३१ जनवरी २०२१ सम्म समयावधि तोकेकोमा यो अवधि बढाएर फेब्रुअरी १ अर्थात भोलिदेखि शुरू हुने गरी मार्च २ सम्मका लागि थप गरिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
नयाँ कोरोना भाइरस फैलिएसँगै देखापरेको अहिलेको असाधारण अवस्थालाई मध्येनजर गर्दै एक महिनाको अवधि थप गरिएको कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूले आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा कारबाही हुने जनाइएको छ ।
यो अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना हुने, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयको निर्णयलाई उद्धृत गर्दै दूतावासले जनाएको छ
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


