झापामा आगलागीमा परेर एक जनाको ज्यान गयाे
काठमाण्डौ – झापामा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।
झापा कचनकवल गाउँपालिका वडा नम्बर १ घेराबारीका गोवर्द्धन राजवंशीको घरमा राति सवा एक बजेतिर लागेको आगलागीमा परेर राजवंशीको जलेर घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
घरका अरु सदस्यले भने भागेर ज्यान जोगाएका छन् । आगलागीबाट टिनले छाएको एक तले घर र बासले बनाइएको एक तले कच्ची घर पनि जलेर नष्ट भएको छ ।
आगलागीमा एउटा गाई, दुई वटा बाच्छा र तीन वटा बाख्रा पनि जलेर मरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


