देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटन
धनुषा – धनुषाको ढल्केबरमा देशकै ठूलो चार सय सय केभीको सब–स्टेशनको उद्घाटन भएको छ । ढल्केबरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सब–स्टेशनको उद्घाटन गर्नुभएको हाे ।
सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सब–स्टेशन निर्माण भएको हो । चार सय केभी सब–स्टेशनबाट झण्डै नौ सय मेगावाट विद्युत् चार सय केभी र दुई सय २० केभीमा आदानप्रदान गर्न सकिन्छ ।
चार सय केभी प्रसारण लाइनमार्फत् भारतसँग झण्डै एक हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न सकिने र हेटौँडादेखि इनरुवासम्म बन्दै गरेको चार सय केभी प्रसारण लाइनको निर्माण सकिएपछि झण्डै दुई हजार मेगावाटसम्म विद्युत् हेटौँडातर्फ र दुई हजार मेगावाट विद्युत् इनरुवातर्फ आदानप्रदान गर्न सकिने क्षमता तयार हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपाल–भारतबीच विद्युत् आदानप्रदान गर्न अब ढल्केबर सब–स्टेशन उपयुक्त माध्यम बनेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिनुभयो । प्राधिकरणले २२ करोड ४३ लाखको लगानीमा सब–स्टेशन बनाएको हो ।
गएको कात्तिक २६ गते नै सब–स्टेशन पूर्णरूपमा चार्ज गरिएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


