‘राजनीतिक दलले आफ्ना मुद्दा निर्वाचन आयाेगकाे टाउकाेमा हाल्न हुँदैन’
काठमाण्डाै – निर्वाचन आयोगले चुनावकाे तयारीका सम्बन्धमा आयाेगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको छ । निर्वाचन आयोगले सोमबार चुनावकाे तयारीका सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग छलफल गरेको हो ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरूसँग नै भएकाले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताउनुभयो । राजनीतिक निकाश हुनासाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रूपमा तयार रहेको आयोगले जनाएको उहाँको भनाइ छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरूले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले चुनावकाे तयारी गर्नुपर्ने बताउनुभयो । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म चुनावकाे तयारी पूर्णरूपमा नहुने भन्दै उहाँले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्न सक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उहाँको भनाइ छ । राजनीतिक दलहरूले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँग आयोगले अहिलेसम्म गरेको चुनावकाे तयारीका सम्बन्धमा जानकारी गराएको बताउनुभयो । उहाँले प्रमुख निर्वाचन आयुक्तहरूसँगको आयोगको छलफल नियमित भेटघाटको रूपमा रहेको स्पष्ट पार्नुभयो ।
सहायक प्रवक्ता धमलाले चुनावकाे तयारी अघि बढिरहेको बताउनुभयो । मतदाता नामावली अद्यावधिककाे काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उहाँको भनाइ छ ।
कतिपय चुनाव सामग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उहाँले बताउनुभयो । सहायक प्रवक्ता धमलाले घोषित चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रूपमा तयार रहेको पनि बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


