दुर्घटना न्यूनीकरण गर्न गाडी चालकको निःशुल्क आँखा र कान परीक्षण
झापा – गाडी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले झापामा गाडी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । कार्यक्रम अन्तर्गत ८६ जना गाडी चालककाे कान र आँखा परीक्षण गरिएकाे छ ।
बिर्तामोड नगरपालिकामा रहेकाे हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल बिर्तामोडको संयुक्त आयोजनामा सोमवार आयोजित कार्यक्रममा ३५ जनाले रक्तदान र ८६ गाडी चालकको आँखा तथा कानको परीक्षण गरिएको हो ।
जिल्लामा पछिल्लो समय सडक गाडी दुर्घटना बढेका कारण प्रहरीले समुदायसँग मिलेर दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले चालकको आँखामा समस्या हुँदा र कान नसुन्दा पनि सडक दुर्घटना बढेको हुँदा उनीहरुलाई लक्ष्य गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँकाअनुसार कान नसुन्ने र आँखामा समस्या भएका चालकलाई गाडी नचलाउन र थप उपचारका लागि चिकित्सकले सल्लाह र सुझावसमेत दिएका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय व्यवसायीले रगतदान गरेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


