सामाजिक सञ्जालको माध्यमबाट नागरिक विरोध प्रदर्शनमा जुट्न नसकुन् भन्दै म्यानमारमा इन्टरनेट सेवा अवरुद्ध
काठमाण्डाै – म्यानमानरमा इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । सैन्य कूको विरोधमा जनताहरु सडकमा उत्रिएपछि इन्टरनेट सेवा अवरुद्ध पारिएको बीबीसीले जनाएको छ ।
इन्टरनेट मनिटरिङ समूह नेटब्लक इन्टरनेट अब्जरभेटरीले म्यानमारमा इन्टरनेट सेवामध्ये जम्मा १६ प्रतिशतले मात्र काम गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जालको माध्यमबाट विरोध प्रदर्शनमा जुट्न नागरिकहरुलाई अप्ठ्यारो होस् भन्दै ट्विटर र इन्टाग्राममा पनि रोक लगाएको छ । फेसबुक भने हिजो नै बन्द गरिएको थियो ।
दंगा नियन्त्रक प्रहरीले शहरको केन्द्र भागमा जाने बाटोहरु बन्द गरेका छन् । इन्टरनेट बन्द गरिएको विषयमा सेनाले कुनै टिप्पणी गरेको छैन । गएको सोमबार आङसाङ सू की लगायतका नेतालाई पक्राउ गर्दै सम्पूर्ण अधिकार सेनाले आफ्नो हातमा लिएसँगै त्यहाँकाे नागरिक प्रजातन्त्रकाे माग र सैनिक कूकाे विराेधमा सडकमा प्रदर्शन गरिरहेका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


