‘प्रधानमन्त्री ओलीले संविधानकाे धारामा कालाेमसी पाेतेर फाँसीवादकाे अभ्यास गरिरहेका छन्’
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको छ । नेपाल नेकपा प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डाैमा आयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले नेपालमा फाँसीवादको अभ्यास गरिरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले विकासको नारा दिएर, संविधान र लोकतन्त्रलाई उपहास गरेर, संविधानलाई औपचारिक रूपमा खारेज नगरिकन संविधानको धारा र अक्षरहरूमा कालोमसी पोतेर, लोकतन्त्रको हत्या गरेर फाँसीवादको अभ्यास गरेको उहाँको भनाइ छ । प्रवक्ता श्रेष्ठले कुनै पनि हालतमा फाँसीवाद नसहने भन्दै त्यसलाई परास्त गर्ने बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले लोकतन्त्रवादीहरू चुनावको पक्षमा भए पनि संविधानलाई अपहरण गरेर, संविधानलाई घात गर्ने संविधान विरोधी चुनाव आफूहरूलाई नचाहिएको बताउनुभयो । लोकतन्त्रलाई प्रभावकारी बनाउन, लोकतन्त्रलाई सुदृढ तथा कार्यकारी बनाउन चुनाव चाहिने उहाँको भनाइ छ । लोकतन्त्रको ध्वसं गर्ने तथा लोकतन्त्रको हत्या गर्ने चुनाव प्रतिगमन विरोधी आन्दोलन सफल बनाएर खारेज गर्ने उहाँको भनाइ छ ।
प्रवक्ता श्रेष्ठले प्रतिगमनविरुद्ध संयुक्त सङ्घर्ष गर्न पहलकदमी गरिरहेको भए पनि त्यसो हुन नसकेको बताउनुभयो । तर केपी ओलीको गुटबाहेक सबै आन्दोलनमा रहेको उहाँको भनाइ छ ।
आन्दोलनले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने कुरा सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो । उहाँले पार्टीले जनाएका प्रतिबद्धताहरू केपी ओलीको निरङ्कुश, स्वेच्छाचारिताको कारणले समृद्धिको सपना पूरा गर्न नसकेको बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


