प्रिमियर लिग : म्यानचेस्टर सिटीले टोटनह्यामलाई ३-० गोलले हरायो
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले टोटनह्याम हटस्परलाई ३–० गोलले पराजित गरेको छ ।
गएराति भएको खेलमा नवौँ स्थानमा रहेको टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटीले ५३ अङ्क बनाएको छ । यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीले लिभरपुललाई ३–१ गोलले पराजित गरेको छ । लिसेस्टरले आफ्नो अङ्क सुधार गर्दै ४६ अङ्क बनाएको छ ।
यस्तै गएराति नै भएको अर्को खेलमा १६ औँ स्थानमा रहेको बर्नलीले १३ औँ स्थानमा रहेको क्रिष्टल प्यालेसलाई ३–० गोलले पराजित गरेको छ । जितसँगै बर्नलीको २६ अङ्क भएको छ । यस्तै गएराति नै ब्राइटन र एस्टोन भिल्लाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


