प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा निवेदकको बहस सकियो, मङ्गलवारदेखि ‘एमिकस क्युरी’ ले राय पेस गर्ने
काठमाण्डाै – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि निवेदकका तर्फबाट बहस सकिएको छ । साेमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको छ ।
साेमवारकाे बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् प्रधानमन्त्रीको नोकर नभएको बताउनुभयो । थापाले प्रधानमन्त्रीले संसद्लाई नोकर सम्झिएको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको अधिकार कुनै पनि प्रधानमन्त्रीलाई नभएको दाबी गर्नुभयो ।
उहाँले प्रधानमन्त्री पक्षका वकिलले भनेजस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जस्तो अधिकार नदिएको बताउनुभयो ।
अब मङ्गलवारदेखि अदालतकाे सहयाेगी (एमिकस क्युरी) को राय सुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्युरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


