पोखरामा असिना पानी : गण्डकी, वाग्मती र १ नम्बर प्रदेशमा वर्षाको सम्भावना
काठमाण्डाै – देशका धेरैजसो पहाडी क्षेत्रको मौसम अहिले बद्ली भएको छ ।
गएको २४ घण्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा हल्कादेखि सामान्य वर्षा भएको छ ।
मौसमविद् मिनकुमार अर्यालकाअनुसार पोखरामा असिना पानी परेको छ । यस्तै, लुम्लेमा पनि गएको २४ घण्टामा २० देखि २१ मिलीमिटर पानी परेको उहाँले बताउनुभयो ।
पश्चिमी पहाडी क्षेत्रमा पानी परे पनि अन्य क्षेत्रमा भने खासै पानी परेन । यस्तै, आज पनि पश्चिम पहाडी केही क्षेत्रमा पानी पर्ने अनुमान छ । गण्डकी, वाग्मती र १ नम्बर प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यस्तै, काठमाण्डौ उपत्यकाको मौसम आज दिउँसोपछि बद्ली हुने सम्भावना छ ।
तर, मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् अर्यालले बताउनुभयो । आज काठमाण्डौको न्यूनतम तापक्रम घटेको छ । हिजो ८ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा झरेको छ ।
आज अधिकतम तापक्रम भने २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । नेपालमा अहिले पश्चिमी वायुको प्रभाव छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


