आज विहान ५४ यात्रु बोकेको बस नहरमा खस्दा ३५ जनाको मृ’त्यु
मंगलवार विहानै ठूलो दुर्घटना भएको छ । भारतको मध्यप्रदेशमा मंगलबार बिहानै भएको दुर्घटनामा अहिले सम्म ३५ जनाको निधन भइसकेको छ । बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेर दुर्घटना भएको हो।
सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन्। दुर्घटना लगत्तै प्रहरीको टोली पुगेको थियो । स्थानियको सहयोगमा प्रहरीले ३५ शव बाहिर निकालेको छ । निधन हुनेको संख्या अझ बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय समाचार संस्था एएनआइले ७ जना यात्रुहरु पौडिएर सकुशल बाहिर आएको जनाएको छ। जसमध्य चालक पनि एक थिए । स्थानीय जनताा, गोताखोर र सुरक्षाकर्मीहरुले अहिले घटनास्थलमा उद्धार गरिरहेका छन्।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नहरको पानि रोक्न अधिकारीहरुलाई आदेश दिइसकेका छन्। अहिले घटनास्थालमा मध्यप्रदेश सरकारका दुई मन्त्री पुगिसकेका छन्।
३२ जनाको क्षमता रहेको बसमा बढी यात्रु राखिएको प्रहरीले जनाएको छ । सडक जाम भएका कारण रुट परिवर्तन गरेर अप्ठेरो सडकवाट बस लगेका कारण दुर्घटना भएको हो । मुख्य सडक छोडेर नहरको किनारै किनार बस लैजाँदै गर्दा चालकले सन्तुलन विगारेका कारण बस नहरमा खसेको हो ।
झाँसीबाट रांची जाने राजमार्ग सतना, रीवा, सीधी र सिंगरौली हुँदै जान्छ। यहाँको सड़क खराब र अपूर्ण छ। यस कारणले, त्यहाँ सडक जाम अत्याधिक हुने गरेको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


