२४ घण्टामा १०५ जनामा काेराेना सङ्क्रमण
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार नाै सय ४५ पुगेको छ ।
यस्तै थप ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय तीन पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काेराेना सङ्क्रमणबाट कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५५ पुगेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


