अवैध वन पैदावार ओसारपसारका फरार दोषी सात वर्षपछि पक्राउ

दाङ –  अवैध वन पैदावार ओसारपसारमा संलग्न एक दोषीलाई पक्राउ गरी दाङ प्रहरीले सार्वजनिक गरेको छ ।

अवैध वन पैदावार ओसारपसार मुद्दामा फरार घोराही उपमहानगरपालिका ३ का ३० वर्षीय विशाल विकलाई ७ वर्षपछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । दाङ देउखुरी जिल्ला अदालतले २०७१ असार १२ मा गरेको फैसला अनुसार १४ दिन कैद र २९ हजार ४ सय रुपैयाँ जरिवाना ठहर भएको तर फरार रहेका विकलाई अहिले प्रक्राउ गरिएको प्रहरी प्रमुख चन्दले जानकारी दिनुभयो ।

पक्राउ गरिएका विकलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाई कारागार चलान भएको प्रहरीले जनाएको छ । यस्तै चालु आर्थिक वर्ष २०७७/७८ को अहिलेसम्म विभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीलाई प्रक्राउ गरी अदालतमा बुझाएको उहाँले जानकारी दिनुभयो ।

TOP