थप १२५ जनामा काेराेना सङ्क्रमण, २४ घण्टामा ज्यान गुमाउनेकाे सङ्ख्या शून्य
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय २५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा काेराेना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ ।
यस्तै २४ घण्टामा ९१ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा काेराेना सङ्क्रमण निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ ।
अहिले नेपालमा एक हजार ६ सय २१ जना सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ७४ जनाको सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
गएको २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म काेराेनाबाट दुई हजार ५५ जनाकाे ज्यान गएकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


