१३० राष्ट्रले अझै पाएनन् खाेप, असमान वितरणप्रति राष्ट्र सङ्घको असन्तुष्टि

काठमाण्डौ – कोरोनाविरुद्धको खोपको वितरणप्रति संयुक्त राष्ट्र सङ्घले असन्तुष्टि जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घका प्रमुख एन्टोनियो गुट्रेसले कोरोनाविरुद्धको खोप वितरणमा असमानता बढेको भन्दै आलोचना गर्नु भएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्मा भएको उच्चस्तरीय बैठकमा गुट्रेसले १३० राष्ट्रले अझै पनि कोरोनाविरुद्धको पहिलो खोप नपाएको भन्दै तीखो आलोचना गर्नुभयो ।

कोरोनाको महामारीका कारण विश्व नै आक्रान्त बनेको यो अवस्थामा खोप वितरणमा समानता नहुनु दुःख लाग्दाे कुरा भएको उहाँको भनाइ छ । उहाँले कोरोनाविरुद्धको खोपको निष्पक्ष वितरण सुनिश्चित गर्न शक्ति र पहुँच भएका व्यक्ति, वैज्ञानिक, खोप उत्पादक कम्पनीलाई खोप वितरणको योजना एकसाथ बनाउन आह्वान पनि गर्नु भएको छ ।

कोरोनाविरुद्धको खोपमा सबैको पहुँच पुर्याउन यो निकै आवश्यक भएको पनि गुट्रेसको भनाइ छ ।

TOP