मैलुङ-स्याफ्रुबेंसी सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सम्पन्न
रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ-स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको यो सडकखण्डको स्तरोन्नतिको काम गएको तिहारपछि सुरु भएको थियो ।
गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाले २०७९ माघमा सम्पन्न गर्ने गरी काम सुरु गरेको हो । योजनाले पहिलो चरणमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम गरिरहेको छ । सडक चौडा बनाउने काम ६५ प्रतिशत सकिएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।
काम सुरु भएपछि समस्या नआएका कारण स्तरोन्नतिले गति लिएको उहाँको भनाइ छ । ‘अहिले स्तरोन्नति भएको सडक बर्खामा कति जोगाउन सकिन्छ भनेर आँकलन गर्न सकिएको छैन’, उहाँले भन्नुभयो, ‘अहिले निर्माण कार्यमा कुनै पनि अवरोध छैन ।’ मैलुङदेखि स्याफ्रुबेंसीको दूरी १९ किलोमिटर रहेको छ । २०७५ साल जेठ ६ गते मैलुङ-स्याफ्रुबेंसी सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।
‘हामीले सडक स्तरोन्नतिको काम निर्धारित समय अगाडि नै सकाउने गरी काम अघि बढाइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘यसका लागि हामीले ठेकेदारलाई निर्देशन दिने, ताकेता गर्ने तथा अनुगमन गर्ने काम गरिरहेका छौँ ।’ त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।
यो सडक बेत्रावती, कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालीकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ-स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


