प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँड्यो : प्रधानमन्त्री ओली
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ ।
उहाँले पुष्पकमल दाहाल प्रचण्डको माया लागेर आउने भन्दै गलत बाटोमा नहिँड्न सुझाव दिनुभयो । आज विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्षसमेत रहनुभएका ओलीले प्रचण्डलाई सिद्धिने बाटोमा नहिँड्न सुझाव दिँदै फर्किएर आउन आग्रह समेत गर्नुभएको छ ।
ओलीले प्रचण्डलाई सुरुमा वैद्यको साथ, त्यसपछि डाक्टरको साथमा बसेको र उहाँहरुले साथ छोडेपछि झाँक्रीको साथमा पुगेको भन्दै व्यङ्ग्य पनि गर्नुभयो । तर गलत बाटोमा हिँडेका प्रचण्डलाई झाँक्रीले पनि जोगाउन नसक्ने ओलीको टिप्पणी छ । पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन खोजिएको तर केही व्यक्तिले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको ओलीको दाबी छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


