काठमाण्डौ उपत्यकासहित देशभरिकाे तापक्रम बढ्याे
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ ।
तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डौको तापक्रम पनि २३/२४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिजो काठमाण्डौको तापक्रम २३ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाण्डौको तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज र भोलि देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना छैन ।
पर्सि भने प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


