सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार शीर्ष स्थानका लागि अङ्क सुधार्ने दाउमा

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज खुमलटार युथ क्लब र झम्सीखेल युथ क्लबबीचको खेल हुँदैछ ।

दिउँसो साढे ३ बजे हुने खेलमा दोस्रो स्थानमा रहेको खुमलटार शीर्ष स्थानका लागि अंक सुधार गर्ने दाउमा रहेको छ भने नवौं स्थानमा रहेको झम्सीखेल पनि आठौं स्थानमा पुग्ने दाउमा छ ।

लिगमा खुमलटार १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने झम्सीखेल ६ अंकसहित नवौं स्थानमा रहेको छ । यस्तै दिउँसो सवा १२ बजे ब्याइज युनियन क्लब र नयाँ बस्ती युवा क्लबबीचको खेल हुँदैछ । ब्वाइज युनियन ११ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने नयाँ बस्ती पनि ११ अंकसहित नै पाँचौं स्थानमा रहेको छ ।

नयाँ बस्तीले आजको खेल जितेमा स्थान सुधार गर्नेछ भने ब्वाइज युनियनले जितेमा अंक सुधार गर्नेछ ।

TOP