रामेछापमा चप्पल लगाएर गाडी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने
रामेछाप – रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।
गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेर ट्राफिक प्रहरीले यो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।
जिल्ला ट्राफिक प्रहरीले मङ्गलवारदेखि आउँदो पाँच दिनसम्म गाडी चालकहरुलाई खुट्टामा चप्पल लगाएर गाडी चलाउन अनुरोध गर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर पाण्डेले भन्नुभयो, ‘जिल्लामा चल्ने साना तथा ठूला सवारीसाधनका चालकहरूले अनिवार्य खुट्टामा जुत्ता लगाउनुपर्नेछ । जाँचका क्रममा जुत्ता नलगाइ गाडी चलाएको भेटिएमा आवश्यक कारबाही गरिनेछ ।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


