आठ हजार रोपनी जग्गा अतिक्रमित
काठमाडौं, फागुन १९ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो ।
आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा अतिक्रमित छ । सुनसरीमा सबैभन्दा बढी छ भने काठमाडौँ, भक्तपुर र ललितपुरमा पनि सरकारी सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमा परेको छ । आयोगले सरकारलाई ३३ वटा बेग्लाबेग्लै प्रतिवेदन बुझाएको छ ।
विगतमा कर्मचारी अवकाश हुँदा वा कार्यालयबाट सरुवा हुँदा गर्नुपर्ने कागजात र अभिलेखको बरबुझारथ गर्ने परिपाटी हाल नभएकाले जग्गा अतिक्रमणमा पर्दै गएको तथा अभिलेख साबिकअनुसार दुरुस्त नपाइने गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा बरबुझारथ प्रणालीलाई कायम राख्न आयोगले सरकारलाई सुझाव
दिएको छ ।
मिचिएका बाहेक सरकारले अधिग्रहण गर्दा मुआब्जा वितरण गरिएको नगरिएकोबारे आयोगलाई उजुरी परे पनि कमलपोखरीको उत्तरी सीमाको विषयमा कुनै उजुरी परेन । गुठी संस्थानका अनुसार सो पोखरीको ४८ रोपनीमध्ये करिब चार रोपनी जग्गा अतिक्रमणमा परेको छ । मौजे पशुपति अभिलेख रहेको २३४ रोपनी जग्गाको विषय पनि आयोगले नउठाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


