ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् ।
आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।
कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले बताउनुभयो ।
दुई वर्षदेखि भूमिगत रहेका विप्लवलगायत माथिल्लो तहका नेताहरु आजकै कार्यक्रमबाट सार्वजनिक हुनेछन् । यस्तै, सहमतिअनुसार आजदेखि पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ता पनि रिहा हुँदै छन् । सरकार र विप्लव समूहबीच दुई दिनसम्म भएको वार्तापछि सहमति भएको हो ।
सहमतिअनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


